मानवत मटिअर्वा सडकखण्ड निर्माणका लागि विधुतीय पोलहरु सार्दै प्राधिकरण

संदिप प्रसाद यादव
692 पाठक संख्या

बाराको सदरमुकाम कलैयाको मुख्य सडक निर्माणको लागि वितरण केन्द्रको ११ के.भी नगरपालिका फिडरमा पर्ने मानमत मटिअर्वा सडकखण्डको पोलहरु सार्ने काममा बिधुत प्राधिकरण कलैया वितरण केन्द्र जुटेको छ ।

विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले एक सूचना जारी गर्दै शुक्रबार देखि पुस १२ गते सम्म बिधुतका पोलहरु सार्ने जनाएको छ । सार्ने क्रममा विहान १० बजेदेखि बेलुका ५ बजे सम्म बिधुत अवरुद्ध हुने छ ।

नगरपालिका फिडर अन्तर्गत पर्ने कलैया भरत चौक देखि उत्तर तथा दक्षिण तर्फका आंशिक क्षेत्रहरु रहेको छ ।

कार्य समय अगावै सकिएमा तोकिएको समय भन्दा अगाडी नै लाईन सुचारु हुने समेत कलैया वितरण केन्द्रले जनाएको छ ।

Leave a review