बसले किच्दा एक युवकको मृत्यु

साझेदारी दैनिक
373 पाठक संख्या

दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा बसले किचेर एक युवकको ज्यान गएको छ ।

बसले किच्दा सर्लाहीको रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ वर्षीय अभय झाको मृत्यु भएको हो ।

ना ८ ख ४८६१ नम्बरको बसले किच्दा झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७ अलौ स्थित तिलावे पुल नजिकै सो सडक दुर्घटना भएको हो ।

वीरगञ्जबाट पोखरियातर्फ गइरहेको बा ७४ प ४५२८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

बा ७४ प ४५२८ नम्बरको मोटरसाइकलमा सवार उनको मृत्यु भएको हो । ठक्कर दिने बस र चालक सिन्धुलली कमलामाई नगरपालिका–४ बस्ने विष्णुकुमार दर्जीलाई नियन्त्रणमा लिएर घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

Leave a review