बारामा विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ

साझेदारी डेलि
87 पाठक संख्या

कलैया । बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरेको छ। प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालतबाट सजाय तोकिएपछि फरार रही लुकिछिपी बस्दै आएका चारै जनालाई पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकिएका बारागढी गाउँपालिका–४ का ४० वर्षीय लक्ष्मण साह कानुलाई अस्थायी प्रहरी पोस्ट लङगडाचौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, लागूऔषध (गाँजा) मुद्दामा १५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका जितपुरसिमरा उपमहानगरपालिका–२२ का सुरेश घलानलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना तोकिएका महागढीमाई नगरपालिका–८ का ३५ वर्षीय रामकिशोर प्रसाद यादवलाई प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, वनसम्बन्धी मुद्दामा अदालतबाट १० दिन कैद सजाय तोकिएका जितपुरसिमरा उपमहानगरपालिका–१ का ६० वर्षीय गंगा बहादुर मोक्तानलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका चारै जनालाई बारा जिल्ला अदालतमा दाखिला गरिएको बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds