नियन्त्रित लागूऔषधसहित तीन पक्राउ

साझेदारी दैनिक
353 पाठक संख्या

कलैया : प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित सेन्टर पार्क होटलबाट नियन्त्रित लागूऔषध सहित तीन जनालाई पक्रउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ बस्ने २० वर्षीय शुकलाल स्याङतान,१८ वर्षीय किशोर र पर्साको वीरगंज महानगरपालिका–२ बस्ने २४ वर्षीय सुरेश पाण्डे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार उनीहरुको साथ बाट नियन्त्रित लागू औषध नाईट्राजेपाम ८४ ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट, नुर्फिन ३ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र मोबाइल ४ थान बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०४ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ परेका तीनै जना माथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave a review