कलैया । नेपाल धितोपत्र बोर्डको आयोजनामा उद्योग वाणिज्य महासंघ तथा बारा उद्योग वाणिज्य संघको सहकार्यमा शुक्रबार कलैयामा धितोपत्र बजार तथा बस्तु बिनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिबृद्धी कार्यक्रम सम्पन्न भएको छ।
संविधान सभा सदस्य प्रमोद गुप्ताको प्रमुख आतिथ्यतामा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा उतm कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा धितो बोर्डका सहायक निर्देशक बिपिन ओझाले सञ्चालन तथा सहजीकरण गरेका थिए।
उनले मधेश प्रदेशका आठ लाख मानिसको डिमेट खाता रहेको उनले बताए। बाराका एक लाख २२ हजार ७३५ जना मानिसले डिमेट खाता खोलेको उनले बताए।
मधेश प्रदेशमा पर्सा पहिलो र बारा दोस्रो स्थानमा रहेको उनले बताए। नेपालले २६ खर्ब ५५ अर्ब ऋण लिएको उनले बताए। प्रत्येक नेपालीको टाउकोमा ८८ हजार पांच सय ऋणको भार रहेको उनले बताए।
धितो बोर्ड नेपालका उप कार्यकारी निर्देशक नारायणप्रसाद शर्माले कार्यक्रमबारे जानकारी जानकारी दिएका थिए।
उक्त कार्यक्रममा बारा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजनारायण साह,सिद्धार्थ बैङ्कका प्रमोहन साह,ग्लोबल बैङ्क आई. एम. ईका अंशु बर्मा,गरिमा विकास बैङ्कका सुरेन्द्र कुशवाहा,कलैयाका ब्यवसायी लगायतको सहभागिता रहेको थियो।

