कोल्हवी :जितेन्द्र प्रसाद चौधरी/ धोधर्पा कृषक उत्थान कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ धोधर्पामा सो संस्था रहेको छ। एक कार्यक्रम बिच लक्ष्मी राइस मिल धोधर्पाको प्राङ्गणमा सो सभा सम्पन्न भएको हो।
संस्थाका उपाध्यक्ष छ्ठु चौधरीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सलाउदिन अन्सारीले ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्सारीले यस संस्थालाई प्रगतिको लागि शुभकामना दिए। उनले सहकारी संस्थाहरुले गर्दा वडाका कृषकहरुलाइ राहत भै रहेको बताए।
सहकारी संस्था मार्फत आएको मलसबै कृषकहरुलाई बरावरी वितरण गर्ने गरेको बताए। संस्थाका अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बार्षिक प्रतिवेदन प्रस्तुत गरे।आर्थिक वर्ष ०८०/०८१ मा ३४ लाख ६१ हजार नौ सय एकाउन रुपैयाँ कारोबार रहेको बताए।
उक्त कार्यक्रममा वडा सदस्य शत्रुघन चौधरी दलित महिला सदस्य सीता सहनी,समाजसेवि चिन्तामणी चौधरी,रामसुरत चौधरी,झगरु चौधरी,दिपेन्द्र चौधरी,हेमनारायण चौधरी,रामसहाय चौधरी, सुर्य खा थारु,कल्याणी देवि चौधरी,अहिल्या देवि चौधरी,अस्तुर्नी चौधरी,सीता चौधरी लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा स्वागत नरेन्द्र चौधरीको थियो। कार्यक्रमको सञ्चालन राजेश चौधरीको रहेको थियो।

