गोकर्णेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

साझेदारी दैनिक
548 पाठक संख्या

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम उद्योग बाणिज्य संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

२६ औँ श्रावनी मेलाको शुभअवसरमा काठमाडौंको सुन्दरीजल स्थित गोकर्णेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

भोलेनाथ काँवरिया संघको आयोजना र आम उद्योग बाणिज्य संघको समन्वयमा सो स्वास्थय शिविर सम्पन्न भएको संघका अध्यक्ष साजन जयसवालले जनाएका छन् ।

शिव भक्तजनहरुको निःशुल्क स्वास्थ्य चेकजाँचको कार्यक्रम गरेर आफूहरुले पनि धर्मकर्म गरेको अध्यक्ष जयसवालले बताए । सो अवसरमा सयौँ बोलबम काँवरियाले स्वास्थ्य शिविरको लाभ लिएका छन् ।

शिविरमा डा. सुनिल चौधरी नेतृत्वको चिकित्स टोलीले भोलेनाथ काँवारियाको चेकजाँच सहित स्वास्थ्य परिक्षण गरेको थियो ।

सो कार्यक्रममा आम उधोग बाणिज्य संघका अध्यक्ष साजन जैसवाल, भोलेनाथ काँवरिया संघका अध्यक्ष राजकुमार साह कलवार, कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवाल लगायतको सहभागिता रहेको थियो ।

Leave a review