कोल्हवी : बाराको कोल्हवीमा वित्तिय साक्षरता तथा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाट्न कोल्हवी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष राजहरण चौधरीले उद्घाटन गरेका थिए । स्थानीय तामागढी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा एन्जल फाउण्डेशन मोरङ्गको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित तामागढी पार्टी भेन्युमा आयोजित उक्त कार्यक्रममा तामागढी बचत तथा ऋण सहकारी संस्थाका करिब दुई सय शेयर सदस्यहको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहकारी वित्तिय शिक्षा, आगलागी, करेन्ट,सर्पदंश,हृदयघात जस्ता जोखिमबाट बच्न अपनाउनुपर्ने प्राथमिक उचार विधि, पायल्स,फिस्टुला रोगका लक्ष्यण आदीको विषयमा एन्जल फाउण्डेशनका प्रतिनिधीहरुले प्रशिक्षण दिनुभएको थियो ।
सहकारी संस्थाका उपाध्यक्ष पृथ्वीराज सिवाकोटीका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत तामागढी सकोसका मुख्य प्रबन्धक बासुदेव रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

