मल्हनी र तेलकुवामा ३ हजारभन्दा बढी बृक्षारोपण तथा वितरण

साझेदारी दैनिक
276 पाठक संख्या

कलैया । बाराको महागढीमाई नगरपालिका वडा नं ४ मल्हनी टोल र वडा नं ७ तेलकुवामा आज ३ हजारभन्दा बढी बृक्षारोपण तथा वितरण गरिएको छ।

महागढीमाई फाउण्डेशन नेपालको “स्वच्छ वातावरण, समृद्ध समाज” भन्ने अभियान अन्तर्गत मल्हनी टोलमा ३ हजारभन्दा बढी बोट बिरुवा वितरण गरिएको हो।

यस्तै तेलकुवा स्थित बाबा महेश्वरनाथ (शिव मन्दिर) मा २ सयभन्दा बढी बृक्षारोपण गरिएको छ।

उक्त कार्यक्रममा अशोक कुमार यादव ,राम प्रवेश यादव , बिगु यादव ,पप्पु यादव ,दिपेन्द्र यादव,जयमङ्गल शाह कानु ,रामबाबु यादव, माया देबि यादव, सत्रुधन साह, अभी साह सहित स्थानीयहरुको सहभागिता रहेको थियो।

Leave a review