श्री कृष्ण प्रणामी युवा परिषद्द्रारा निशुल्क आँखा शिविर

साझेदारी दैनिक
186 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ सुकलैया सोमवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कर्यसमिति बाराको आयोजना र हेटौडा सामुदायिक आँखा आस्पतालको प्राबिधिक सहयोगमा १ दिने आँखा शिविर सम्पन्न भएको हो ।

परिषदका अध्यक्ष सुमन सुबेदीको अध्यक्षतामा प्रमुख अतिथी नवदिता प्रचारिका उषारति प्रिया हुनुहुन्थयो भने अतिथिहरु वडा न.१५ का वडा सदस्य मोहन लिम्बू,श्री श्रीकृष्ण प्रणामी मन्दिर सिमरा औरहाका अध्यक्ष मधुसुधन सिटौला,सेवा समिती सिमराका श्यम कृष्ण श्रेष्ठ, राधेश्याम श्रेष्ठ, कमल तामाङ ,साथै युवा परिषदका हरि सिम्खडा ,टन्क तिमल्सिना,जीवन खतिवडा,पुरुषोतम अधिकारी,बिकाश अधिकारी र सुन्दरसाथ बैकुन्ठ अधिकरी,श्याम तामाङ लगायतको सकृय सहभागिता रहेको थियो ।

शिविरमा दुई सय १५ जनाले आँखाका चेकजाँच गराएका छन । जसमा एक सय ४२ जना महिला र ७३ जना पुरुषले आँखाका चेकजाँच गराएको आयोजकले जनाएको छ ।

चेकजाँच गराएका मध्य १४ जनामा मोतिया बिन्दुका बिरामी १४ फेला परेका थिए । मोतिया बिन्दुका विरामीहरुलाई हेटौडा सामुदायिक आँखा आस्पतालले निशुल्क अप्रेशन गरिदिने जनाईएको छ।

Leave a review