इनड्राइभ नेपाल द्वारा दशैं तिहारको अवसरमा दिइयो चालकहरुलाई सुनौलो अवसर

साझेदारी दैनिक
189 पाठक संख्या

काठमाडौं : विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमादशैं तिहारका लागि विशेष अभियान शुरु गरेको छ। उसले “प्लेटिनम ड्राइभर्स गिभअवे”क्याम्पेन सुरुवात गरेको हो।

अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचाका साथ यो अभियानको शुरुवात गरेको हो। इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो अभियान सञ्चालन गरेको हो। जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियमहाई–इण्ड ग्याजेटहरू रहेका छन्।

प्लेटिनम ड्राइभर्स गिभअवे दुई रोमाञ्चक चरणहरुमा आयोजना भइरहेको हो। भाद्र ९, २०८२ देखि भाद्र १५, २०८२ सम्म (अर्थात अगस्ट २५ देखि अगस्ट ३१, २०२५ सम्म) एक चरण रहनेछ। भाद्र १६ गतेदेखि असोज ५, २०८२ सम्म (अर्थात सेप्टेम्बर ०१ देखि सेम्टेम्बर २१, २०२५ सम्म) दोस्रो चरणको कार्यक्रम हुनेछ।

जो चालकहरूले यी समय अवधिमाप्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु साप्ताहिक रुपमा दिइने पुरष्कारको लागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु ग्राण्ड प्राइजकालागि योग्यहुनेछन्। ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ ।

पुरस्कारहरूमा टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज)टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज) रहेका छन्। स्मार्टफोनहरु, स्मार्टवाचहरु, र इयरबड्स साप्ताहिक बिजेताहरुका लागि पुरष्कार रहेको छ।

इनड्राइभ नेपालकीसिनियर ड्राइभर अपरेशनम्यानेजर सुनिताजीमी राईले क्याम्पेन प्रतिआफ्नो उत्साहव्यक्तगर्दै भनिन्,“प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियानलिएर फर्किएका छौं ।

हाम्राचालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन् र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मानगर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामीतपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगागिभअवे ल्याउनपाउँदाउत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागिअहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझउत्सवमयबनाऔं ।”

Leave a review