कलैया । बाराको मटिअर्वास्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षकको सरुवा भएको छ।
सशस्त्र प्रहरी मुख्यालयले प्रहरी नायब उपरीक्षक योगराज दाहालको सरुवा गरेको हो।
दाहालको ठाउँमा सशस्त्रको मुख्यालयले प्रहरी नायब उपरीक्षक उदयराज न्यौपानेलाई पठाएको छ।
आएको दुई महिना नपुग्दै मुख्यालयले डीएसपी दाहलको सरुवा गरेको हो। डीएसपी दाहालले तस्करहरुसंग आर्थिक लाभ लिएर तस्करी गराएको गुनासो पुगेपछि मुख्यालयले सरुवा गरेको हो।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक दाहालको मिलोमतोमा नाकामा दैनिक दिनरात साईकल तथा मोटरसाईकलमा भन्सार छलेर व्यापक सामान ओसारपसार भईरहेको पाइएको थियो।
तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले आफै पैसा लिएर तस्करी गराउने पुष्टि भएको थियो।
उक्त चौकमा सशस्त्र प्रहरीले बस्ने ठाँउमा एउटा कार्टुन राखेको र त्यो कार्टुनमा दैनिक साइकल र मोटरसाइकलमा तस्करी गर्ने ब्यक्तिहरु संग १० देखि एक हजार रुपैयाँ राख्न लगाउने गरेको पाईएको थियोे ।
स्थानीय आक्रोशित हुँदा दैनिक तस्करी गर्ने ब्यक्तिहरुसंग साठगाँठ गरी कार्टुन भरी पैसा लिने गरेको साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका टिमलाई स्थानीय नागरिकहरुले बताएका थिए।
प्रहरीले तस्करीहरुसंग महिनावारी तथा नजराना समेत लिने गरेको उनीहरुको भनाई रहेको थियो।

