लालबन्दी : व्यापक र व्यवसायिक खेल खेलाडीको सम्मान भन्ने नाराका साथ सर्लाही जिल्लाको लालबन्दी नगरपालिका स्थित युनाइटेड होटेलमा अखिल नेपाल खेलकुद महासंघकोे प्रथम मधेस प्रदेश खुल्ला सम्मेलन भएको छ।
माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यतामा सो सम्मेलन भएको हो। उनले अहिलेको बेला खेलाडी बाट सिक्ने अवस्था रहेको जनाए। अखिल नेपाल खेलकुद महासंघ मधेस प्रदेस अध्यक्ष मुकेश साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो।
कार्यक्रममा रग्बी खेलका राष्ट्रिय खेलाडिलाइ सम्मान गरेको थियो। स्वागत मन्तव्य कसल लामाको र संचालन रंजित साहको थियो।स्थाई कमिटी सदस्य विश्वनाथ साह, नेकपा माओवादी केन्द्र स्थाई कमिटी सदस्य प्रहल्लाद बुढाथोकी लगायतकाले नेपाल सरकारको खेलकुद नीतिलाई प्रष्ट पार्न आग्रह गरे।
नेकपा माओवादी केन्द्रका के.स.तथा अखिल नेपाल खेलकुद महासंघ इन्चार्ज दिपक कोइराला, नेकपा केन्द्रका के.स.सर्लाही इन्चार्ज अच्युतम काफ्ले, नेकपा माओवादी केन्द्रका के.स. तथा अखिल खेलकुद महासंघ के.अध्यक्ष शिव कोइराला(ज्वाला) युवराज लामा लगायतकाले उक्त अवसरमा मन्तव्य व्यक्त गरेका थिए।
बन्द सत्रमा गणेश बहादुर थापाको नेतृत्वमा रमेश साह र भिखारी साहको अध्यक्ष मण्डलको टोलिले ३१ सदस्यीय टोलि गठन गरेको हो।
टोलीले मुकेश साह,रंजित साह,प्रभाकर गुप्ता,धुर्ब मोक्तान,सुमन थापा,राजकुमार साह,सर्मिला यादव,टिमाध्वज भिरिद सिंग,संदिप कुमार गुप्ता,बिनोद गुप्ता,रियाजुल इस्लाम,सीता खडका,सरोज भुजेल,मन्जु कुमारी राम,मदन कुमार लेखी,दिपक कुमार महतो,हरि खडका,पप्पु साह सुनार,राम कृष्ण चौधरी,विवेक राज झा,इश्वर आचार्य ,राम गोले,राज फनौट,जितेन्द्र गुप्ता,कन्चन पासवान,सुकेश कुमार यादव,नितेश कुमार यादव,अजय पासवान,राकेश कुमार यादव,महेश ठाकुर,रविराज प्रभात चौधरी सो टोलिमा रहेका छन्।
पहिलो बैठकले पदाधिकारी चयन गर्ने बिधान अनुसार पदाधिकारीको चयन हुने अंजन धमलाले जानकारी दिए।

