रौतहटको बृन्दावन नपाले लामो समयपछि पायो अधिकृत

साझेदारी दैनिक
285 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको बृन्दावन नगरपालिकामा लामो समयदेखी हाकिम विहिन बनेको थियो । तर बृन्दावनले प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।

बिन्दावन नगरपालिकामामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रन्जय पटेल हाजिर भएका छन्। गत गएको असोज महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर शाखा अधिकृत पटेललाई पठाएको हो ।

बिहीवार नगर प्रमुख विनोद प्रसाद कुर्मीले अधिकृत पटेल लाई स्वागत गर्दै हाजिर गराएका हुन् । कार्यालय प्रमुख नभएको अवस्थामा प्रभावित भएका प्रशासनिक कार्य,विकास निर्माणको कार्य अब सुचारु हुने मेयर कुर्मीले बताए ।

कार्यालय प्रमुख पटेललाई हाजिर गराएपछि सम्बोधन गर्दै मेयर कुर्मीले रोकिएको कार्यहरू द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन । उनले नगरपालिकाको विकासका लागि निर्वाचित जनप्रतिनिधिले एक अर्कासँग हातोमाले गर्दै अघि बढ्नुपर्नेमा बताए ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पटेलले जनताको सेवाको लागि कानूनले दिएको अधिकार प्रयोग गर्दै पारदर्शीरुपमा सेवा प्रवाह गर्ने प्रतिब्द्धता व्यक्त गरे । उनले नगरपालिकालाई बिकाशको गतिमा अगाडी बढाउने र भ्रष्टाचार रहित नगरपालिका बनाउन सुशासन कायम गर्न आफुले कुनै कसर बाकी न राख्ने बताएका छन ।

सो अवसरमा विभिन्न वडाका अध्यक्षहरु रामनाथ सहनी, हरिनारायण साह,फेकु दास,मजहर मन्सुर,रवीन्द्र साह, प्रवेज आलम,जगारनाथ भेडिहर तथा कार्यपालिका सदस्य कोशिला देवी,पुनम देवी,लालपारी देवी,राम बाबु साहलगायत नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी भएका थिए ।

Leave a review

This will close in 0 seconds