कलैया : जिल्ला प्रशासन कार्यालय बाराले निषेधित क्षेत्र र कर्फ्युको अवस्था नरहेको जनाएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवाहरू (शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक) भदौ २७ गतेसम्मका लागि बन्द रहने जनाएका हुन्।
यसवाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति कार्यालय क्षमाप्रार्थी रहेको उनले सूचनामा लेखेका छन्। हाल जिल्लाभर निषेधित क्षेत्र र कफ्र्यूको अवस्था नरहेको व्यहोरा समेत उनले सूचनामा जानकारी दिएका हुन्।


