सानाकिसान सपहीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

साझेदारी दैनिक
245 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ साना किसान कृषि सहकारी संस्था लिमिटेड,कोल्हबी ४ सपहीको १३ औं वार्षिक साधारण सभा शुक्रबार एक कार्यक्रमबीच शुक्रबार सम्पन्न भएको छ ।

साधारणसभाको बारा जिल्ला साना किसान कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले पानसमा बति बालेर उदघाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी समेत रहनु भएको सहनीले सहकारीको भूमिका ग्रामिण विकास र साना किसानको आर्थिक उन्नतिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारीहरूलाई पारदर्शिता, उत्तरदायित्व र सदस्यहरूको हितका लागि समर्पित भएर काम गर्न आग्रह गरे। उनले सहकारीको स्थायित्वका लागि सशक्त नेतृत्व र सदस्यहरूको सक्रिय सहभागिता अपरिहार्य भएको पनि बताए।

कार्यक्रममा संस्थाका अध्यक्ष थरुनीले विगत आर्थिक वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गरेको प्रगति, आर्थिक अवस्था, लगानीका क्षेत्रहरू तथा भावी योजनाहरूको जानकारी गराए। उनले साना किसानको जीवनस्तर उकास्न सहकारीले खेलेको भूमिकालाई प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। त्यसतै लेखा प्रतिवेदन लेखा सन्योजक शान्ता सुबेदीले प्रस्तुत गरेकेछिन ।

उद्घाटन समारोहमा साना किसान कृषि सहकारी संस्था भोडहाका अध्यक्ष पुनदेव रौनियार,साना किसान कृषि सहकारी संस्था लि.मनहर्वाका अध्यक्ष नयनकला खडका, साना किसान कृषि सहकारी संस्था लि. मनहर्वाका प्रबन्धक पुष्पराज खतिवडा लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा स्वागत मन्तव्य संस्थाका सचिव चन्द्र कुमारी कार्कीले गर्नु भएको थियो भने सन्चालन सजना खनाल्ले गर्नु भएको थियोे। साधारणसभामा संस्थाका सल्लाहकार, शेयर सदस्यहरू, अन्य सहकारी सदस्यहरु सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो। आर्थिक बर्ष ०८१/०८२ को ५२ करोड १६ लाखको आय व्वय संस्थाका प्रबन्धक अरुण चौधरीले प्रस्तुत गर्नु भयो।

Leave a review