स्थानीय निकायमा सबैभन्दा कमजोर शिक्षा क्षेत्र रहेको छ – यादव

राजेश कुशवाहा
664 पाठक संख्या

कलैया । बाराको करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले स्थानीय निकायमा सब भन्दा कमजोर शिक्षा क्षेत्र रहेको बताएका छन ।

जनजागरण युवा क्लब बाराको समाजिक परिक्षण एवम् २७ औ साधारण सभालाई प्रमुख आतिथ्यबाट सम्बोधन गर्दे उनले यस्तो बताएका हुन । उनले शिक्षा क्षेत्र लाई सुधार गर्नका लागि गुणस्तरिय शिक्षा आवश्यक रहेको बताए । यसका लागि गुणस्तरिय शिक्षक राख्नु पर्ने उनको भनाई रहेको थियो ।

धेरै स्थानीय तहले स्थानीय पाठयक्रम लागु गर्न नस्केको उनले जनाए ।उनले जन जागरण युवा क्लबले शिक्षा , समाजिक र आथिर्क क्षेत्रमा राम्रो काम गरेको उनले बताए । साधारण सभाले संस्थाको दिशा निर्देश गर्ने उनले बताए। संस्थाले आफनो अनुभवले धेरै कार्य सम्पादन गर्ने उनको भनाई रहेको थियो ।

संघ संस्था र स्थानीय सरकारले जनताको लागि काम गर्न एक अर्का संग हातेमालो गर्नुपर्नेमा जोड दिए। जेनजीको आन्दोलनले सबैलाई सुध्रिने अवसर दिएको उनले बिचार व्यक्त गरे ।

उक्त कार्यक्रममा वो.एच.डब्लु. वन हर्टका कोअर्डिनेटर कल्पना श्रेष्ठ, शैक्षिक तालिम केन्द्रका राजन भण्डारी, करैयामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, देवताल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामकिशोर प्रसाद कुशवाहा, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादव लगायतकाले मन्तब्य व्यक्त गरेका थिए।

समाजिक परिक्षण कार्यक्रममा नारायणी एफ.एम.का शिवनाथ यादवले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। उक्त अवसरमा क्लबले तीन जना उत्कृष्ट कर्मचारीलाई सम्मानित गरेको छ ।

सम्मानित हुनेमा क्लबका डा. श्रीनिवास बैठा, कौशल किशोर साह र पवन कुमार सहनी रहेका छन । उनीहरुलाई प्रंशासा पत्र प्रदान गरी सम्मानि गरिएको हो ।

क्लब बाराका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चालन कार्यक्रम संयोजक कौशलकिशोर साह एवम् स्वागत क्लबका सह सचिव बसुन्धरा गैरेको रहेको थियो ।

Leave a review