सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० पुग्यो

रासस
310 पाठक संख्या

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

Leave a review