Sajhedari Daily
Latest News from Nepal

साझेदारी राष्ट्रिय दैनिक छैठौँ बर्षमा प्रवेश,वार्षिर्कोत्सवको अवसरमा मुसहर वस्तीमा राहत वितरण

Top Aside Banner

साझेदारी राष्ट्रिय दैनिकले कोरोना भाइरसबाट अति प्रभावित मुसहर बस्तीमा राहत वितरण गरेर बार्षिक उत्सव मनाएको छ ।
बाराबाट प्रकाशन हुने साझेदारी राष्ट्रिय दैनिकले अफ्नो छैठौ वार्षिर्कोत्सवको अवसरमा शुक्रवार मुसहर वस्तीमा राहत वितरण गरेको हो । दैनिक पत्रिकाले जीतपुरसिमरा उपहानगरपालिका वडा नं. १६ बदाफरका मुसहर बस्तीमा विपन्न परिवारलाई राहतवितरण गरिएको छ ।

विगत छ महिनाको लामो लकडाउनका कारण मुसहर बस्तीमा अति प्रभावित रहेको २५ घरधुरीमा खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ । साझेदारी दैनिक बाराले मुसहर बस्तीमा रहेका २५ परिवारलाई प्रति परिवार चामल, दाल, तेल, आलु, नुन लगायत खाद्यान्न सामाग्री वितरण गरेको छ ।

साझेदारी दैनिकका प्रकाशक श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त राहत वितरण कार्यक्रममा साझेदारी दैनिकका उप सम्पादक गणेश रिजाल, भाष सम्पादक देव प्रसाद घिमिरे,संवाददाता रञ्जन यादव तथा स्थानीय पत्रकार विदुर खड्का समाजसेवी दिपक चौधरी लगायतको सहभागिता रहेको थियो ।