एनसेलले ल्यायो २० नयाँ टावर सञ्चालनमा, ९५ प्रतिशत जनता माझ सेवा

साझेदारी दैनिक
272 पाठक संख्या

काठमाडौं : लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।यसका साथै एनसेलको पहुँच ९५ प्रतिशत जनता माझ पुगेको छ। यस्का साथै टावर स्थापना भएका स्थानका ग्राहकहरुले एनसेलको फोरजी नेटवर्क मार्फत गुणस्तरीय भ्वाइस र उच्चगतिको डेटा सेवाको फाइदालिन सक्नेछन् ।

आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत टावर जडान गरिएको हो। मधेस,बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीयतहमाआफ्नो फोरजी सेवाथप टावरहरुका साथ एनसेलले सुधार गरेको छ । चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरुलाई तिब्रता दिदै २० वटा नयाँ टावरहरु एनसेलले सञ्चालनमा ल्याएको हो।

सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ ।एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावरहरु सञ्चालनमा ल्याएको छ। बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्जमा टावर खडा गरिएको हो। सप्तरीको बलानबिहुल, धनुषाको जनकपुर, कटैया, कमलार विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ।

कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र गढीमा गरी चारवटा टावर सञ्चालनमा आएको छ। मोरङको ववियाविर्ता र मजारेमादुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएको छ। बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याईएको छ।

नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने प्रतिबद्धताको अनुरूप फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेको एनसेलले जनाएको छ। नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिकमोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित भएको छ। थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा रहेको छ। ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ।
यो विस्तारतथा सुधारलेफोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरकाआमग्राहकहरुलाई भरपर्दो मोबाइल सेवामापहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धता रहेको एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भनेका छन्।

नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरुका प्रयोग गर्दै ४० भन्दा बढि नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो । फोरजी सेवाविस्तार र सुधार योजनाअनुसार, एनसेलले अबको दुई महिनाभित्रदेशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरु जडानका लागि काम गरिरहेको दत्तले जनाएका छन्। यी टावररुको जडान र सञ्चालनले सेवापहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने एनसेलले जनाएको छ ।

आधुनिक प्रविधि र नेटवर्क मार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभवप्रदान गर्ने प्रतिबद्धता एनसेलको छ। एनसेलले ग्राहकहरूलाई उच्चगतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार भईसकेको छ। कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढि जनता माझ यो सेवा पुगेको एनसेलले जनाएको छ।

Leave a review