बैराठपुर क्रिकेट लिग सिजन–१ कार्तिक २१ देखि सुरु हुने

साझेदारी दैनिक
539 पाठक संख्या

कलैया :बैराठपुर युथ क्लबको आयोजनामा बाराको बैराठपुरमा बैराठपुर क्रिकेट लिग (बीसीएल) सिजन–१ कार्तिक २१ गतेदे शुक्रबार देखि सुरु हुने भएको छ।

कलैया उपमहानगरपालिका–२३ बैराठपुर टोलमा हुने यो प्रतियोगिता दिन–रात दुवै समयमा खेलाइने आयोजकले जनाएको छ । रात्रिकालीन खेलहरू फ्लड लाइटको व्यवस्थासहित सञ्चालन गरिने भएकाले दर्शकहरूले रोमाञ्चक क्रिकेटको आनन्द लिन पाउनेछन्।

आयोजकका अनुसार प्रतियोगितामा नागेन्द्र सप्लायर्स, कलैया किङ्स, उमर इन्जिनियरिङ वर्कसप, बेलपाती सुपर किङ्स, कटिया पावर–११, बैराठपुर किङ्स, पावर यङ्स–११, फ्रेन्डसिप नव युवा क्लब र बेलपाती सुपर किङ्स गरी आठ टिम सहभागी हुनेछन्।

बैराठपुर क्रिकेट लिगलाई गौरवपूर्ण रूपमा सुरु गर्न क्लबले तयारी तीव्र पारेको छ। आयोजकका अनुसार लिगले स्थानीय क्रिकेट खेलाडीका प्रतिभा उजागर गर्न, युवामा खेलप्रति आकर्षण बढाउन र समुदायमा खेल संस्कृतिको विकास गर्न योगदान पुर्‍याउनेछ।

प्रतियोगिता रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। दर्शकहरूले पनि फ्लड लाइटमा हुने खेलको प्रत्यक्ष आनन्द लिन पाउने वातावरण बनाइएको आयोजकले जनाएको छ।

Leave a review