आदर्श कोतवाल गाउँपालिकाद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आहवान्

साझेदारी दैनिक
288 पाठक संख्या

कलैया : बाराको आदर्श कोतवाल गाउँपालिकाले आन्दोलनरत पक्षलाई वार्तामा आउन आहवान् गरेको छ। गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै वार्तामा आउन आहवान् गरेका हुन्।

यस गाउँपालिकामा मिति २०८२/०६/२७ गतेको दिन गाउँपालिका भित्र स्ट्रिट लाइट जडानको विषयलाई लिएर आफु काठमाडौंमा उपचारार्थ रहेको अवस्थामा गाउँपालिकाका केही यूवाहरु गाउँपालिकाको कार्यालयमा गरेको तालाबन्दी र तत पश्चात उतपन्न परिस्थिति प्रति यस मेरो गम्भीर ध्यानाकर्षण भएको छ साहले विज्ञप्तिमा लेखेका छन्।

गाउँपालिकाको कार्यालय यस गाउँपालिकाको जनताहरुको विकास तथा हितको लागि स्थापित संस्था रहेकोले कुनै पनि वाहानामा कार्यालयको कामकाजलाई बाधा पु-याउने क्षति पु-याउनाले यसै गाउँपालिकाको जनताहरुको अहित हुने व्यहोरा सबैमा अवगत नै छ उनले लेखेका छन्।

गाउँपालिकामा भएको आगजनीको घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्न कुनै कसर नछोडिने व्यहोरा उनले जानकारी गराएका छन्। कात्तिक २१ गते ( आज ) विहान ११ः०० बजे यसै गाउँपालिकाको कार्यालयमा आन्दोलनरत पक्षसँग वार्ताको माध्यमबाट समस्याको सामाधान आन्दोलनरत पक्षको बढीमा ५ जना प्रतिनिधिमार्फत वार्ताको लागि आह्वावान गर्दछु भन्दै साहले विज्ञप्तिमा लेखेका छन्।

Leave a review