स्रोत नखुलेको रकम सहित एक जना भारतीय नागरिकलाई हुण्डी कारोबारको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारत बिहार राज्य पूर्वी चम्पारण रक्सौल वडा नम्बर २० कुम्हरिया टोल बस्ने २९ वर्षीय बबलुराज रौनियारलाई पक्राउ गरेको हो ।
उनलाई वीरगञ्ज महानगरपालिका–१५ बाईपास स्थित सडकखण्डमा बसपार्कबाट प्रतिमा चोकतर्फ शँकास्पद रुपमा पैदल हिडी जाँदै गरेको अवस्थामा उनी पक्राउ गरेको हो ।
उनीसंग पाँच लाख ९० हजार स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
रौनियारले बोकेको ब्यागभित्रबाट स्रोत नखुलेको बिभिन्न दरका नेपाली पाँच लाख नब्बे हजार रकम बरामद गरिएको उनले साझेदारी दैनिकलाई बताए ।
रकम सहित नियन्त्रणमा लिई र्रौनियारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा प्रहरीले थप अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


