मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

साझेदारी दैनिक
340 पाठक संख्या

कलैया । बारामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको बारागढी गाउँपालिका-२ बस्ने ४२ वर्षीय छठु चौधरी रहेको प्रहरीले जनाएको छ ।

बारागढी गाउँपालिका-२ बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चौधरीको मंगलबार बिहान मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागी एलएस न्यूरो अस्पताल परवानीपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको हो ।

Leave a review