प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश

रासस
200 पाठक संख्या

काठमाडौँ : सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले आज मेडिकल व्यवसायी प्रसाईंलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको छ ।

“आदेश प्राप्त भएको मितिले वाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनु”, आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु ।”

बुबालाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गर्नुभएको थियो ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याउने गरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको छ ।

Leave a review

This will close in 0 seconds