वीरगञ्ज कपडा बैंकद्वारा गरियो निःशुल्क कपडा वितरण

साझेदारी दैनिक
250 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जको घण्टाघरमा वीरगञ्ज कपडा बैंकले शुक्रबार निःशुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबारदेखि शुक्रवारसम्म बिहान १०.३० देखि ५ बजेसम्म आफ्नो कार्यालय वीरगञ्ज –८ बाट उसले कपडा वितरण गरेको छ।

गरीब असहायलाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको छ। बैंकले करिब ११ सय ५० थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताएका छन्। वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सो कार्यक्रम भएको हो। सो कार्यक्रममा प्रमुख अतिथि बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मि रहेका हुन्।

बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताको बिशिस्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खडका,सदस्य राहुल गुप्ता,अधिवक्ता बिनोद प्रसाद कुर्मी,अधिवक्ता आशुतोष तिवारी,समाजसेवी हुकुम सिंह , आइज नेपाल पर्सा कोषाध्यक्ष रुपशिला जैसवाल ,संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्यहरु निला कुमारी राम,जानकी देवि,सञ्जय मण्डल ,नवराज भट्टराई ,केदार गुप्ता, अभिलाष गुप्ता,सुमित राज गुप्ता लगायतको उपस्थिति रहेको थियो।

बैंकले प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी ,शितलहर ,चिसो याम जस्ता बिपत्तिमा परेका पीडितहरुलाई उनीहरुकै घर आगनमै पुगेर सहयोग पु-याएर सेवा गर्दै आइरहेको छ।

Leave a review