कलैया । बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गिरी टिकटक भिडियो बनाउने क्रममा दुधौरा खोलामा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार बिहान करिब साढे ७ बजे गिरी आफ्ना साथीसँग कलैया–वीरगञ्ज सडकखण्डअन्तर्गत प्रसौनीस्थित दुधौरा खोलाको पुलमा पुगेका थिए।
उनीहरुले टिकटक भिडियो बनाउने क्रममा पुलबाट हाम फालेका थिए। साथी पौडी खेल्दै सुरक्षित रूपमा किनारमा निस्किए पनि गिरी भने बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गोताखोर टोलीले उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


