शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका रामसहायको उपराष्ट्रपति सम्मको यात्रा

साझेदारी दैनिक
631 पाठक संख्या

युनिक यादव/
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा बाराका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनका ठूला दलहरुको साथपाएर जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भएका यादव ३०,३२८ मतभार ल्याउदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन । ऊनी जसपाको संसदीय दलको नेता समेत थिए ।

नवनियुक्त उपराष्ट्रपति यादवको जन्मवि .स २०२७ साउन ९ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर –२७ सिस्वा महेशपुरमा भएको हो। ऊनी हाल सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरिया बस्दै आएका छन् । बिएस्सी र बिएड शिक्षाहासिल गरेका यादव बारा बाटै शिक्षण पेशा बाट राजनीतिकमा होमिएका हुन ।

२०४८ साल जेठ १९ गते जागिरको लागि शिक्षण सेवामा प्रवेश गरेका नवनियुक्त उपराष्ट्रपति यादव २०६४ सालफागुन १६ गते निम्नमाध्यामिकतहको स्थायी शिक्षकबाट राजीनामा दिएर सक्रिय रुपमा राजनीतिमा लागेका हुन ।

उनी २०६४ सालमा सक्रिय रुपमा राजनीतिकमा लागे पनिशिक्षकभएकै बखत २०४६ सालदेखि सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिक सुरु गरेका थिए । गजेन्द्रनारायण सिंहको नेतृत्वमाभएको ‘मधेश एकता रथ यात्रा’मा पहिलो पटक सहभागी भएदेखि यादव कहिले पछाडी देखेन्न बरु राजनीतिकलाई निरन्तरता दिए । ऊनी मधेसी जनअधिकार फोरमको संस्थापक रहि त्यसको सुरुवातदेखि महासचिव भएका थिए ।

नेपालमा ०६२÷०६३ को दोस्रो जनआन्दोलन सुरु हुँदा फोरमले जनआन्दोलनमा सहभागी हुने निर्णय गर्दै रामसहाय र वकिल रामबाबु यादवलाई पार्टीका तर्फबाट जिल्लामा हुने आन्दोलनमा सहभागी हुने जिम्मेवारी दियो । २०६३ साल असार ३२ गते रामसहायकै अध्यक्षतामा फोरमको पहिलो जिल्ला अधिवेशन भयो ।

ऊनी मधेस आन्दोलनका प्रेरक हुन् । जनआन्दोलन सफल भएपनि मधेस केन्द्रित दल र मधेसी जनता असन्तुष्ट नै थिए । असन्तुष्ट बढ्दै गए पछी फोरमले रामसहाय यादव कै नेतृत्वमा २०६३ साल माघ २ गते अन्तरिम संविधान जलाउने कार्यक्रम आयोजना गर्यो । आन्दोलनकै क्रम आन्दोलनका प्रेरक भनिएका यादव माघ ३० गते वीरगञ्जबाट पक्राउ पनि परेका थिए । ऊनी पक्राउ परे पछी आन्दोलन थपचर्कियो । मधेसको गाउँगाउँ बाट जनता उठे पछी प्रहरीले उनलाई अन्तिम समयमा रिहा गरेको थियो ।

२०६५ सालमा फोरमको महासचिव भएका यादव निरन्तर उक्त पदमा रहे । संघीय समाजवादी र फोरमबीच एकता भए पछी भएको संघीय समाजवादी फोरम पार्टीमा २०७२÷०७३ अधिवेशनमा पनि ऊनी पुनःमहासचिवको जिम्मेवारी पाएका थिए ।

रामसहाय यादवको संसदीय यात्रा

उनको संसदीययात्रा २०६४ साल देखि नै सुरु भयो । २०६४ सालको चुनावमा आन्दोलनको नेतृत्व गरेका रामसहायलाई समानुपातिक सांसद बनाउने पार्टीले निर्णय गरेको थियो । त्यसपछि २०७२ को संघिय संसदमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । ऊनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा वनमन्त्रीमा नियुक्त भएका थिए । फेरि उनी ५ वर्षको कार्यकाल पछी २०७९ मा बारा–२ बाट नै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

ऊनी २०७९ सालको निर्वाचनमा पाच दलीय गठबन्धन अन्तिम समयमा छाडेर जसपाएमा चुनावीतालमेल गरेर यादवले चुनाव जितेका थिए । जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनावमा सिके राउतसंग पराजित भए पछीपार्टी संसदीयदलको नेतामा उनका विश्वास पात्र रामसहाय यादवलाई सर्वसम्मत चुनेका थिए ।

शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा रामसहाय निर्वाचित भए पछी उनको स्थान बारा–२ मा रहेको खाली पदमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने निश्चित छ ।

Leave a review

This will close in 0 seconds