अनेमसंघ (क्रान्तिकारी)को सिमरामा तीज विशेष कार्यक्रम सम्पन्न

रञ्जन यादव
286 पाठक संख्या

सिमरा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जीतपुरसिमरा नगर कमिटीको आयोजनामा तीज विशेष कार्यक्रम सिमरामा भव्यतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानीय महिला, समाजसेवी, जनप्रतिनिधि तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । तीजलाई महिला अधिकार, सशक्तीकरण र समानताका विषयमा जनचेतना फैलाउने अवसरका रूपमा प्रस्तुत गरिएको थियो।

नृत्य, तीज गीत तथा कवितामार्फत महिलाहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा महिलाहरूले वर्तमान समयमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, सामाजिक विभेद तथा समान अधिकारका मुद्दा उठाएका थिए। संघका नेतृहरूले तीजलाई मात्र रमाइलो र नाचगानमा सीमित नराखी, महिला चेतना र एकताको पर्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

उनीहरूले महिला सहभागिता विना समाजको समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै शिक्षा, रोजगारी, स्वास्थ्य, राजनैतिक अधिकारलगायत क्षेत्रमा महिलालाई अझ सबल र अग्रसर बनाउन आग्रह गरे। कार्यक्रमले तीजलाई संस्कृतिको मात्र उत्सव नभई महिला समानता र सशक्तीकरणको सन्देश फैलाउने अभियानका रूपमा अघि बढाएको आयोजकले जनाएको छ ।

कार्यक्रममा माओवादि केन्द्रका केन्द्रिय सदस्य गिता कडेँल र महिला नेता शोभा कार्कीको बिशेष उपस्थित रहेको थियो ।

Leave a review