अत्यधिक चिसो बढेपछि कलैयाका विद्यालय थप तीन दिन बन्द

साझेदारी दैनिक
371 पाठक संख्या

कलैया। अत्यधिक चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादवले आज जारी गरेको सूचनाअनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पुस १६ गते बुधबारदेखि १८ गते शुक्रबारसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठन–पाठन बन्द गरिएको हो।

उक्त बिदा वार्षिक बिदाबाट कट्टा हुने पनि सूचनामा उल्लेख गरिएको छ।

Leave a review