Sajhedari Daily
Latest News from Nepal

लघुवित्त वित्तिय संस्थाद्धारा फेटा गाउपालिकालाई आर्थिक सहयोग

Top Aside Banner

कोरोना भाईरस रोकथाम गर्नको लागि फेटा गाउपालिकालाई घरेलु लघुवित्त वित्तिय संस्था लि. द्धारा फेटा गाउपालिकालाई आर्थिक सहयोग गरेको छ ।

गाउपालिका वडा नम्वर १ मा रहेको लघुवित्त वित्तिय संस्था लिमिटेडले आफनो कोषबाट गाउपालिका वासीको लागि रु दश हजार बराबरको चेक विहिवार हस्तान्तरण गरेको   हो ।

वित्तिय संस्थाले कोरोना भाईरसको समयमा सरकारबाट लगाईएको लकडाउनमा गरिव असाहयको लागि थोरै भएपनि सहयोग गरिएको संस्थाको प्रबन्धक श्यामबाबु यादवले जानकारी गराएका छन ।

गाउपालिकाले सवै वडामा राहत वितरण गर्ने काम गरेको गाउपालिका अध्यक्ष अमिरिलाल प्रसादले जानकारी गराएका छन यस विपदमा सहयोगी हातहरुलाई हृदय देखि धन्यवाद समेत दिएका छन ।

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, गाउपालिका अध्यक्ष अमिरिलाल प्रसादको उपस्थितीमा संस्थाका प्रवन्धक यादवले गाउपालिका अध्यक्षलाई चेक हस्तान्तरण गरेको वडाध्यक्ष जयप्रकाश दाशले जानकारी गराएका छन ।