Sajhedari Daily
Latest News from Nepal

कलैया उपमहानगरपालिको समिक्षा सहितको छैठौँ नगर सभा सम्पन्न

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको समिक्षा सहितको छैठौँ नगरसभा बुधवार एक कार्यक्रमको बीच सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको अध्यक्षतामा उक्त नगरसभा सम्पन्न गरिएको हो । नगरसभामा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रहलाद वर्णवालले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुतीकरण गरेका थिए । साथै सो अवसरमा उपमहानगरपालिकाको बजेट तथा योजनामाथी समिक्षा समेत गरिएको थियो ।

नगरसभा वैठकमा उपमहानगरपालिकाकी नगरउपप्रमुख रहिमा खातुन, कलैया उपमहानगरपालिकाका २७ वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू लगायतको सहभागिता रहेको थियो । सो अवसरमा नगर प्रमुख यादवले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए ।