Sajhedari Daily
Latest News from Nepal

जसपाको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी (जसपा)बारा क्षेत्र नम्बर ३ अन्तरगत कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकूलहरमा शनिवार कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीको क्षेत्रिय समितिले उक्त भेटघाट कार्यक्रमको आयोजना गरेको हो । जसपाका नेता तथा प्रदेश सरकारका भौतिक पुर्बाधारमन्त्री जीतेन्द्र सोनलको विशेष उपस्थितमा उक्त भेटघाट कार्यक्रम गरिएको युवा नेता सर्फुल्लाह अन्सारीले बताएका छन ।

सो कार्यक्रममा विघटित प्रतिनिधी सभाका सदस्य एकबाल मिया, संविधानसभा सदस्य प्रमोद गुप्ता, प्रदेस सांसद पारस साह, जिल्ला समन्वय समितिका सभापति नवलकिसोर सिंह, जसपा नेता रामकिशोर यादव, केन्द्रीय सदस्य श्याम गुप्ता, महिला नेतृ पिंकि यादव, जसपा नेता महमद फिÞरोजÞ, नेता शिवनाथ पटेल, जसपा नेता जयप्रकाश साह लगायतका नेता तथा कार्यकर्ताहरु को उपस्तिथि रहेको थियो।

सो अवसरमा नेकपा र नेका पार्टी परित्याग गरि जसपा पार्टीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई मन्त्री सोनलले अविर लगाएर प्रवेश गराएका थिए ।