Sajhedari Daily
Latest News from Nepal

खाने तेलको मुल्य आकाशियोे,उपभोक्ता मारमा

राम मण्डल/
केही साता यता आम सर्वसाधारणहरुले आफनो भान्छामा खाना पकाउन प्रयोग गर्ने खाने तेलको मुल्य अस्वभाविक रुपले बढेको छ ।

दशै तिहारदेखी खानेलमा शुरु भएको मुल्य वृद्धि निरन्तर उकालो लागि रहेको छ । खानेतेलको मुल्य ह्वातै बढ्दै गएकोले आम सर्वसाधारण उपभोक्तासँगै खुद्रा बिक्रेता समेत मर्कामा परेका छन । खाने तेलको मुल्य बढदा उपभोक्ताहरुले बढी मुल्य तिरेर भएपनि खाने तेल किनेर खान बाध्य भएका छन ।

यस्तै खाने तेल बिक्र बितरण गर्ने यस जिल्लाका खुद्रा ब्यावसायीहरु पनि यसको मारमा परेका छन । अहिले बजारमा पाईने हरेक ब्राण्डको खाने तेलको मुल्य रु २० देखि ५० रुपैयासम्म बढेको छ । बारा, पर्सा लगायतका बजारहरुमा पाइने सन फ्लावर, रानी, फेमिली तथा रिफाईण्ड तेलको मुल्यमा २० देखि ५० रुपैयाँ सम्म वृद्धि भएको छ ।

दुई महिना अघिसम्म आधा लिटरको प्याकेट रु ८५ मा बिक्री बितणन हुँदै आएको फेमिली ब्रान्डको खाने तेलको मुल्य अहिले बढेर रु एक सय १० सम्म पुगेको छ ।

यस्तै रानी ब्रान्डको आधा लिटरको एक प्याकेट तेल पहिले रु सयमा बिक्री हुँदै आएकोमा अहिले भने त्यसको खुद्रा मूल्य २० रुपैयाँ बढेर एक सय २० पुगेको छ । त्यसैगरि रिफाईण्ड तेलको मुल्य पनि प्रति प्याकेट रु ३० रुपैयाँले बढी भएको छ । पहिले उक्त तेल प्रति प्याकेट रु ६५ मा बिक्री हुँदै आएकोमा अहिले त्यसको मुल्य बढेर रु ९५ भएको छ । यसरी खाने तेलको मुल्यमा वृद्धि भए पनि आमउपभोक्ताहरुले बढी मूल्य तिरेर भएपनी दैनिक भान्सामा प्रयोग हुने खाने तेल किन्न बाध्य भएका छन् ।

तेलको मूल्य बढदा खुद्रा ब्यवसायीहरु पनि यसको नकारात्मक असर खेपिरहेका छन् । गएको दुई तीन महिनामा पटक पटक गरि अहिले हरेक खाने तेलमा २० देखि ५० रुपैयाँ सम्म मुल्य बढेको बीरगन्ज महानगरपालिका किराना खुद्रा ब्यावसायी रामबाबु साहले जानकारी दिए ।

आफुले प्रयोग गर्दै आएको फेमिली ब्रान्डको खाने तेलको मूल्य पछिल्लो समय रु १५ प्रति प्याकेट बढेको वीरगन्जका उपभोक्ता मायालाल हजराले बताए । उनले पहिले ८५ रुपैयामा पाउने गरेको तेल अहिले आएर त्यसको मुल्य थप १० रुपैयाँ वृद्धि भएर १०० रुपैयाँ भएको जानकारी दिए ।

नेपालमा भएका तेल उधोगीहरुले आफनो मनोमानी तरिकाले तेलको मुल्य नबढाएको नेपाल चामल,दाल,तेल उत्पादक संघको केन्द्रिय अध्यक्ष सुबोध गुप्ताले दाबी गरे । उधोग बाणिज्य सँघका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले नेपालका मानिसहरुले अहिले तोरीको तेल भन्दा पनि सन फलावर तेल, भटमासको तेल प्रयोग गरिरहेको तथा उक्त तेलको कच्चा पदार्थ बिदेशबाट आउने भएकाले मुल्य बढन गएको बताए ।

Comments are closed.

error: Content is protected !!