कलैया : पतिको लामो आयु तथा दिर्घायुको कामना गर्दे बाराका हिन्दु्धर्मावलम्बी महिलाहरुले शुक्रबार सांझ करवाचौथ पर्व धुमधामका साथ मनाएका छन्।
जिल्लाको १६ पालिकाका हिन्दुधर्मावलम्बी महिलाहरुले करवाचौथ पर्व मनाएका हुन। कलैया उपमहानगरपालिकाको सहित सवै पालिकाहरुका हिन्दुधर्मावलम्बी महिलाहरुले करवाचौथ पर्व मनाएकी छन ।
ब्रतालु महिलाहरु शुक्रबार बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिले चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनःपतिको पूजा गर्दै व्रतालु महिला पूजापश्चात् पतिको हातबाट सबैभन्दा पहिले पानी (जल) ग्रहण गर्दछ भने त्यसपछि पतिलाई प्रसाद र पकवान खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको कलैया उपमहानगरपालिका १७ का पण्डित नगिना पाण्डेयले बताएका छन ।
पर्वमा ब्रतालु महिलाहरु चन्द्रमा पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा रङ्गीचङ्गी नयाँनयाँ वस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना(जालीसहितको आँटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा दर्शन गर्दछन् भने चन्द्रमाको दर्शन गरेपछि पुनःसोही चाल्नामा चन्द्रमाको ठाउँमा आ–आफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्दछन् ।
चाल्नाबाट चन्द्रमालाई हेर्नु र पुनःत्यही चाल्नाबाट पतिलाई हेरेर व्रत सम्पन्न गर्नु यसपर्वको प्रमुख प्रक्रिया हो । त्यसपछि ब्रतालु महिलाहरु चन्द्रमा र पति दुवैको विशेष पूजाअर्चना गर्दै पर्वलाई समापन गर्दछन् ।

