कार्यचाप नभएको भन्दै पूर्वाधार विकास कार्यालय बाराले डोर हाजिर कर्मचारी हटायो

साझेदारी डेलि
406 पाठक संख्या

बारा । पूर्वाधार विकास कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई २०८३ साउन १ गतेदेखि काममा खटाउन नसकिने सूचना जारी गरेको छ।

कार्यालयका प्रमुख ओमकुमार साहद्वारा जारी सूचनाअनुसार हाल कार्यालयमा कार्यचाप नभएको कारण इन्जिनियर, सब–इन्जिनियर, सिनियर सुपरभाइजर, जुनियर सुपरभाइजर, ल्याब टेक्निसियन, ल्याब सहयोगी, कार्यालय सहयोगीलगायत दैनिक ज्यालादारी कर्मचारीलाई आगामी साउन १ गतेदेखि काममा खटाउन नसकिने जनाइएको छ।

कार्यालयले सम्बन्धित कर्मचारीलाई आफूले जिम्मेवारी लिएर सम्पादन गरिरहेका कार्यसँग सम्बन्धित सम्पूर्ण कागजात सम्बन्धित इन्जिनियरलाई तथा जिन्सीमा रहेका सरकारी सामान भए यथाशीघ्र जिन्सी प्रमुखलाई बुझाउन पनि अनुरोध गरेको छ।

उक्त सूचना पूर्वाधार विकास कार्यालयको प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा, प्रशासन शाखा, जिल्ला प्रशासन कार्यालय बारा तथा मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ।

Leave a review