बारामा बेवारिसे अवस्थामा बलेरो गाडी फेला, प्रहरीद्वारा सम्पर्कमा आउन आग्रह

साझेदारी डेलि
52 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा रहेको एक बलेरो गाडी फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बा १४ च ८९२५ नम्बरको खाली बलेरो गाडी करिब दुई दिनदेखि सो स्थानमा पार्किङ अवस्थामा रहेको वडा सदस्य राकेश सुब्बाले प्रहरीलाई बुधबार बिहान ११ बजे टेलिफोनमार्फत उक्त गाडीबारे प्रहरीलाई जानकारी गराएका थिए।

जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाडीलाई प्रहरी चौकीमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।

गाडीका धनी वा सम्बन्धित व्यक्तिलाई प्रहरीको सम्पर्कमा आउन प्रवक्ता घलेले आग्रह गरेका छन्। उनका अनुसार गाडीबारे थप अनुसन्धान कार्य भइरहेको छ।

Leave a review

This will close in 0 seconds