मृतक बिनको परिवारलाई दश लाख क्षतिपुर्ति दिने सहमति

राम मण्डल
519 पाठक संख्या

बाराको सिम्रोनगढ नगरपालिकाको कार्यपालिकाको कार्यालय खुल्ने भएको छ ।

सिम्रौनगढ नगरपालिकामा कार्यरत रहेका कर्मचारीहरुको लामो समयको आन्दोनल पश्चात सो नगरपालिका खुल्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमति जुटपछि नगरपालिका खुल्ने सहमित भएको हो ।मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादवको गृह नगर रहेको सिम्रौनगढ नगरपालिका चालु आर्थिक बर्ष शुरु भएदेखिको समय देखि नै बन्द अवस्थामा रहेको छ ।

नगरपालिकामा कार्यरत रहेका शिक्षा,स्वास्थ्य,करार लगायतका कर्मचारीहरुले लामो समयदेखि नगरपालिकाको गेटमा धर्ना दिदै आएका थिए । जस्को कारणले नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।

जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकारको रुपमा रहेको बाराको सिम्रौनगढ ठप्प हुदा त्यहाँका कर्मचारी र नगरबासीले समेत सास्ती खेप्दै आएका  थिए ।

बन्द रहेको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउदा एक जना सर्ब साधारणको ज्यान समेत गईसकेको छ ।नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुखले हाजिर गराउदा भएको झडप नियन्त्रणको लागि प्रहरीले गोली चलाउदा गत बुधबार स्थानीय लक्ष्मस् मुखिया बिनको मृत्यु भएको थियो ।

बिनको मृत्यु भएपछि नेपाली काँग्रेसले सिम्रौनगढ नगरपालिकाका मेयर र जनप्रतिनिधि लगायतको कमजोरीका कारण सर्ब साधारणले ज्यान गुमाउनु परेको भन्दै आन्दोलन कांग्रेसले गरेको थियो ।सिम्रौनगढ नगरपालिकामा कार्यरत करारका कर्मचारी हटाएको,शिक्षकहरुले तलब नपाएको भन्दै कर्मचारीहरुले नगरपालिकामा आन्दोलन गरेका थिए ।

नगरपालिकासित आन्दोलनरत पक्षको सहमति भएपछि आउदो आईतबारदेखि नगरपालिकाको कार्यपालिकाको कार्यालय खुल्ने करार कर्मचारी संघ सिम्रौनगढका अध्यक्ष नितेश यादवले साझेदारी दैनिकलाई जानकारी दिए । अगामी १५ गते भित्रमा कर्मचारीहरुको तलब दिने सहमति समेत भएको उनले बताए ।

आन्दोलन गरिरहेका आन्दोलनरत कर्मचारी र आफुहरुबीच जिल्ला प्रशासन कार्यालयमा भएको बार्तामा सहमति भएको उनले बताए । अब नगरपालिका खोलिने सिम्रौनगढका मेयर किशोरी प्रसाद कलवारको भनाई छ ।

आन्दोलनकै क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका लक्ष्मि मुखिया बिनको आश्रित परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमति भएको छ । एक जनालाई नगरपालिकामा रोजगारी दिने लगायतका सहमति भएको उनले बताए ।

Leave a review

This will close in 0 seconds