पर्सामा भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

रासस
53 पाठक संख्या

पर्सा । भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a review