देवताल-३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको निधन

साझेदारी डेलि
298 पाठक संख्या

बारा । बाराको देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको निधन भएको छ।

कुशवाहालाई असोज ३ गते शनिबार मस्तिष्कघात (ब्रेन हेमरेज) भएपछि उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो एण्ड जेनेरल हस्पिटलमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको आज निधन भएको हो।

कुशवाहाको निधनपछि देवताल गाउँपालिका–३ सहित समग्र देवताल गाउँपालिकामा शोक छाएको छ।

उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट देवताल गाउँपालिका–३ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

Leave a review