समाजिक दुरी कायम गरी मजदुरहरुलाई काममा लगाउदै

साझेदारी दैनिक
साझेदारी दैनिक 436 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

श्रीकान्त गुप्ता /

लम्बिदै गएको लकडाउनका कारण महागढीमाई नगरपालिकाका  मजदुरलाई  काम नपाउंदा समस्या भएपछि नगरपालिकाले  मजदुरलाई काम लगाइएको छ।

दैनिक ज्याला मजदुरी गरी जिबिको पार्जन गर्दै आएका महागढीमाई नगरपालिका मजदुरहरुलाई लकडाउनका कारण काम नपाउदा घर चलाउन समस्यामा भएपछि नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संचालन गरि मजदुरहरुलाई रोजगारी दिनु भएको छ।

प्रधानमन्त्री स्वरोजगार  बृक्षरोपन कार्यक्रममा नगरपालिकाको वडा नं २ को ५० जना मजदुरलाई काम लगाएको छ। नगरपालिकाको वड नं १ देखि वडा नं ८ बाजोपटी सम्म ८ किलो मिटर  हुलाकी सडकको छेउ छाउमा ४ हजार २ सय ५० वटा बृक्षरोपाउने  नगरप्रमुख उपेन्द्र यादवले बताउनु भएको छ ।

लकडाउनमा  काम नपाउंदा घरमा समस्य भएपछि  नगरपालिकाले बृक्षरोपनको  काममा लगाउने भएको छ। आफ्नो घर परिवार चलाउन सहज भएको मजदुरहरुले जनकारी  दिए । उनले भने सरकारको राहत नभए हुन्छ। लकडाउनमा काम गर्न सहज बनाइ दिनु सरकारसंग  मजदुरले आग्रह  गरे ।

जिल्लाको हरेक स्थानीय सरकारले समाजिक दुरी कायम  राखी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमम संचालमा ल्याइ गरिब बिपन्न परिवारलाई काममा लगाउनु अवस्यक रहेको नगरिक समाजहरुले बताएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review