Sajhedari Daily
Latest News from Nepal

बजेटको अभावले पर्यटन गन्तव्यको रुपमा बिकास हुन सकेन – नगरप्रमुख यादव

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख विजयशंकर यादवले स्थानीय सरकारसंग बजेटको खाचो र अभावले, पर्यटन गन्तव्यको रुपमा बिकास हुन नसक्दा जनताबाट स्थानीय सरकारले गाली खानु पर्ने अवस्था रहेको वताएका छ्न ।
सिम्रौनगढमा आयोजित एक कार्यक्रममा बोल्दै नगरप्रमुख यादवले संघिय सरकार र प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी नलगाउदा सरकारको करोडौको राजश्वको क्षती भइराखेको यादवले जनाए ।

सिमरौनगढ नगरपालिका वडा नम्बर ५ छोटी इटवालमा निर्माण गर्न लागिएको हनुमान मन्दिरको नगरप्रमुख बिजय शंकर यादवले विहिवार एक कार्यक्रमवीच शिलान्यास गर्दै यस्तो वताएका हुन ।

संघिय सरकारले तराई मधेशको जिल्ला बुझेर प्रदेश नम्बर २ मा रहेका पर्यटकीय गर्तब्यको रुपमा विश्व प्रसिद्ध गढीमाई मंन्दिर, सिम्रौनगढ र जनकपुरको जानकी मन्दिरलाई पर्यटनको रुपमा बिकास भगरेको नगरप्रमुख यादवले आरोप लगाएका छन । संघिय सरकारले काखा पाखा गरेर प्रदेश नम्बर २ का पर्यट्कीय ठाउँलाई लथालिङ्ग लवारीस अवस्थामा छोडेका नगरप्रमुख यादवको भनाई छ ।

नेपाल र भारतको विभिन्न ठाउँबाट पर्यटन भित्राउने उदेश्यले सिम्रौनगढ नगरपालिकाले विभिन्न ठाउमा हनुमान मन्दिर निर्माण गरेको छ ।

स्थानीयहरुको समाजिक आर्थिक सहयोगमा खरिद गरिएको १ कठ्ठा जग्गामा निर्माण हुन लागेको उक्त मन्दिर नगरपालिकाको सहयोग सहयोग रहने छ । मन्दिर शिलान्यास पूजा पाठ कार्यक्रममा शंकर साह, उपेन्द्र पटेल नगरकमिटी अध्यक्ष नागेन्द्र प्रसाद, वडा सदस्य रामसेवक स्थानीय बुद्धिजिवी, बिभिन्न दलका राजनीतिक कार्यकर्ता लगायत उपस्थिति रहेका थिए ।

Comments are closed.

error: Content is protected !!