Sajhedari Daily
Latest News from Nepal

घाँस काटी रहेकी महिलालाई जबर्जस्ती कारणी गर्न खोज्ने युवक पक्राउ

घाँस काटिरहेकी एक महिलाई जबरजस्तीकरणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी २१ बर्षकी एक महिलालाई जबर्जस्ती करणी गर्न खोज्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ४ अकुवा टोल बस्ने १९ बर्षका युवक अभिषेक दास थारु रहेका छन् ।

पक्राउ परेका थारूले गत फागुन २५ गते बिहान साढे ११ बजेको समयमा गहुँ खेतमा घाँस काटि रहेकी २१ बर्षकी माहिलालाई जबर्जस्ती करणी गर्न खोजेका थिए । महिलाको मुख थुनेर चुल्ठो समाती थारुले जबर्जस्ती कारणी गर्न खोजेपछि महिलाले हँसियाले प्रहार गर्न खोजेपछि उनी भागेका थिए ।

जबर्जस्ती कारणी गर्ने खोजेर फरार भएका थारुलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रबक्ता ओम प्रकाश खनालले जानकारी दिएका छन ।

पक्राउ परेका थारु विरुद्ध जबर्जस्ती कारणी उद्योग अन्तर्गतको मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गराई घटनाको बारेमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।