Sajhedari Daily
Latest News from Nepal

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रभातफेरी

राम मण्डल /
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार वीरगञ्जमा प्रभातफेरी कार्यक्रम गरिएको छ । वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरीले महानगरको बिभिन्न भागको परिक्रमा गरेको थियो । ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमापछि पुनः घण्टाघरमै आएर सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्ने बक्ताहरुले गुणस्तरीय सामान उपभोग गर्नबाट आम उपभोक्ताहरु बञ्चित हुदै आएको बताएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कानुनी रुपमा बस्तु र सेवा उपभोगको अधिकार भए जस्तो गुणस्तरीय सेवा र बस्तुहरुको उपभोगबाट उपभोक्ताहरु बञ्चित रहेको बताएका छन । उपभोक्ता हितलाई नियमन गर्ने राज्य थुप्रै ईकाईहरु भएपनि ती नियमनकारी निकायहरुबीचको समन्वयको आभावका कारण बजार अनुगमनमा समस्या भएको प्रजिअ तामाङले बताए । प्रविधि र स्रोत साधनको आभावमा बजार अनुगमन प्रभावकारी ढँगले गर्न नसकिएको तामाङको भनाई थियो ।

यसैगरी सो अवसरमा बोल्दै कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष केसी लामिछानेले प्रदेश र स्थानीय सरकारले बजार अनुगमन र नियन गर्ने संरचना बनाएपनि स्थानीय सरकारहरुले बजार अनुगमन नै नगर्ने गरेको लामिछानेको भनाई थियो । उनले सेवा र सुबिधा लिन बिभिन्न कार्यालयमा सरकारी कार्यालयमा पुग्ने सेवाग्राहीहरुलाई त्यहाँका कर्मचारीहरुले समयमै सेवा उपल्बध नगराई दुख दिने गरेको आरोप लगाए ।

यसैगरी कार्यक्रममा उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिना गुप्ताले प्लास्टिकको झोला प्रयोग गर्र्दा स्वास्थयमा नाकारात्मक असर पर्ने थाहा हुदा हुदै पनि आम उपभोक्ताहरुले प्लास्टिकको झोला प्रयोग गर्न नछाडेको बताए । उनले मिठाई,खाजा पसल लगायतका पसलहरु खुलेआम रुपमा नालामाथि राखेर सञ्चालन गरिदै आएकोले त्यसलाई बन्द गर्नुपर्ने गुप्ताको माँग थियो ।
कार्यक्रममा स्वागत मन्तब्य बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जका निम्ति प्रमुख जित बहादुर भण्डारीले स्वागत मन्तव्य ब्यक्त गरेको गरेका थिए ।