पानी पर्दा धान बाली लगाएका किसान भए हर्षित

राम मण्डल
281 पाठक संख्या

वीरगञ्ज : लामो समयपछि पानी परेपछि किसानहरु हर्षित भएका छन् ।विशेष गरी पर्सा बारा सहित मधेश प्रदेशका धानबाली लगाएका किसानहरु हर्षित भएका हुन्।

पानी परेपछि धान खेती गरेको पर्सा बारा सहित मधेसकै किसानहरु धान उत्पादन धेरै हुने भन्दै खुशी भएका हुन्। लामो समय पानी नपरेका कारण यहाँका किसानहरुले लगाएको बर्षेबाली धान प्रभावित हुदै गएको बेलामा र्मौसममा परिबर्तन आई पानीपर्दा किसानहरु हर्षित महसुस गरिरहेका हुन्।

धानबाली लगाएका किसानहरु धानको बाला निस्किने तथा गाभा पलाउने समयमा पानी नपरेका कारण उनीहरु चिन्तित बनेका हुन्। यही सयममा पानी परेपछि किसानहरुले राहत महसुस गरिरहेका छन्। खासगरी आकाशे पानीको भरमा धान खेती गरेका किसानहरुको लागि अहिले परेको पानी वरदान साबित भएको छ ।

अहिले धानको बाला निस्किने बेलार सोना मंसुली धानको बिरुवामा गाभा पलाउदै गरेका अवस्थामा परेका पानीले धान खेतीलाई निक्कै फाईदा पु-याएको किसानहरुको भनाई छ ।यस बेलामा धानबालीलाई पानीको एकदमै आवशयकताहुने गर्छ।

पानी पर्दा खुशी भएको पर्सा बहुदरमाई नगरपालिका ४ का किसान ढोलन महतोले बताए ।उनले आफुले आकाशे खेतीकै भरमा धानबाली लगाएकोले समयमा पानी नपर्दा धान खेती बिग्रने चिन्ता रहेको जनाए। अहिले पानी परेपछि धानबालीमा पानीको समस्या समाधान भएको उनले जानकारी दिए ।

पर्सा बारामा रहेको गण्डक नहरको पानीले नहरको दक्षिण भेगका किसानहरुले धानबालीमा सिँचाई गरेपनि नहरको उत्तरतर्फ खेत भएका किसानहरु भने सिँचाईबाट बञ्चित भएका थिए । केही किसानहरुले महँगोमा पैसा तिरेर मोटर र दमकलबाट पनि सिँचाई गर्न बाध्य भएका थिए ।

पानीको आवश्यकता भएको बेलामा पानी नपर्दा आफुले पैसा तिरेर भएपनि धानबालीमा सिँचाई गर्ने सोच बनाएको बेलामा पानी परेपछि सिँचाईको पैसा बचत भएको बाराको बारागढी गाउँपालिकाका किसान मुकेश साहले बताए।

पानी नपरेका कारण खेतमा धाँजा फाट्न थालेको समयमा परेको पानीले धानबाली राम्रोसित सप्रिने बताए। बाला निस्किने समयमा बालीलाई धेरै मात्रामा पानीको आवश्यकता हुने हुँदा यस बेलाको पानीले धानबालीको उत्पादन बढने साहले बिश्वास ब्यक्त गरे ।

पर्सा बारासँगै मधेस प्रदेशका आठवटै जिल्लामा धान खेती बढी मात्रामा हुने गरेको छ । तर सिँचाईको उचित व्यवस्थापन हुदा वर्सेनी धानको उत्पादनमा कमि हुदै गएको छ ।

Leave a review