पत्रकार महासंघको केन्द्रीय नेतृत्वमा पहिलो पटक महिला

साझेदारी दैनिक
383 पाठक संख्या

कलैया : पहिलो पटक नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व महिलाले पाएको छ । केन्द्रीय अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएसंगै महासंघले महिला नेतृत्व माएको हो ।

आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिण अनुसार शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको थियोे । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्माले ४२८२ मतसहित निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित शर्मा प्रेस चौतारीकी हुन ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य विजयी भएका थिए । यस्तै उपाध्यक्ष महिलामा निनु पण्डित,समावेशी उपाध्यक्षमा उमिद प्रसाद बागचन विजयी थिए । आचार्यले ४२३०,पण्डितले ४७०५ र बागचनले ४२९२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै दाहाल महासचिवमा निर्वाचित भएका हुन् ।

दाहालले ४ हजार ८४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ हजार ९२९ मत पाएका थिए । यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरेका छन ।

महासंघको खुल्ला सचिवमा रमेश खतिवडा,सचिव महिलामा सोनी शर्मा,सचिव आदिवासी जनजातिमा सविन प्रियासन,सचिव मधेसीमा अशोक कुमार तिवारी,सचिव दलितमा प्रकाश धौलाकोटी र सचिव एसोसियटमा वैकुण्ठराज पराजुली विजयी भएका छन् । त्यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी विजयी भए ।

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि गत शुक्रबार २८ गते भएको मतदानबाट प्राप्त मत परिणाम अनुसार केन्द्रीय समितिमा अधिकांश युनियनचौतारी गठबन्धनका उम्मेदवारहरु नै विजयी भएका थिए ।

Leave a review

This will close in 0 seconds