Sajhedari Daily
Latest News from Nepal

कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु ,एक सय ४१ जनाको स्वाब परिक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि

राम मण्डल/
केही दिन अघि भारतबाट फर्केका वीरगञ्ज महानगरपालिकाका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मंगलबार कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ५७ बर्षिय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिएका छन । ती पुरुषको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मंगलबार बिहान १२ बजेर ४८ मिनेटमा मृत्यु भएको उनले बताए ।

मृतक केही दिन पहिले भारतबाट घर फर्कएको दासले जानकारी दिए । गत चैत २९ गते उनी उपचारको लागी बयोद्धा अस्पतालमा भर्ना भएका थिए । यसैबीच वीरगञ्जको नारायणी अस्पतालमा सोमवार राति अस्पतालको प्रयोगशालामा १ सय ४१ जनाको स्वाव संकलन गरि परिक्षण गरिएकोमा सो मध्ये आधा भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल १ सय ४१ स्वाब परिक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिएका हुन । ७८ जना मध्ये पर्सा जिल्लाका ६२ जना, बाराका १२, सर्लाहीका २ र बाँके, काठमाडौंका एक एक जनामा कोरोना संक्रमण देखिएको दासले बताए ।

पर्सामा देखिएका सँक्रमितहरु मध्ये ५२ जना सँक्रमितहरु वीरगञ्ज महानगरपालिकाका बिभिन्न वडाका हुन ।बाँकी सँक्रमितहरु मध्ये पर्सागढी नगरपालिकाका ३ जना, ,बिन्दबासिनी,सखुवा प्रसौनी र कालिकामाई गाउँपालिकाका एक एक जना,ठोरी र पकहा मैनपुर गाउँपालिकाका दुई दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका,जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका,महागढीमाई नगरपालिका ठेगाना नभएका ब्यक्तिहरु सँक्रमित भएका छन । त्यस्तै बाँके जिल्ला र काठमाण्डौंका एक एक जनामा संक्रमण भेटिएको छ ।

सँक्रमितहरु ४ बर्षका बालकदेखि ७५ बर्षका बृद्ध सम्म रहेका छन । उनीहरु मध्ये ५५ पुरुष र २३ जना महिलाहरु रहेका छन । पछिल्लो दुई दिनदेखि नारायणी अस्पतालमा गरिएको परिक्षण मध्ये आधा भन्दा बढीमा संक्रमण पुष्टि हुदै आएको छ । आईतबार राति पनि अस्पतालको प्रयोगशालामा ९६ जनाको परिक्षण गरिएकोमा ६१ जनामा कोरोना पुष्टि भएको थियो ।

Comments are closed.

error: Content is protected !!