जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले ,कोभिडका बिरामीहरुलाई ओसारपोसार गर्न एम्बुलेन्स ल्याउदै

साझेदारी दैनिक
963 पाठक संख्या

रञ्जन यादव /
जीतपुुसिमरा नगर उद्योग बाणिज्य संघले कोभिडका बिरामीहरुलाई मात्र ओसारपोसार गर्न नगरमा सुुबिधा सम्पन्न एम्बुुलेन्स ल्याउँने तयारी गरेको छ ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साहले केही दिनमै कोभिड प्यासेन्ट डेडिकेटेड एम्बुुलेन्स ल्याउँने तयारीमा आफुुहरु लागेको जानकारी दिएका छन ।

नगर उद्योग बाणिज्य संघको मातहतमा रहेको दुुईवटा बिग्रिएका एम्बुुलेन्सहरु मध्ये एउटा मर्मत भईसकेको अर्को दश दिन भित्र मर्मत हुुने अवस्थामा रहेको जानकारी दिनुुभयो ।

छिमेकी जिल्ला पर्सा लगायत देशका अरु केही जिल्लाहरु कोरोना भाईरसको संक्रमण बृद्धि भएर लकडाउनमा गईसकेको अवस्थामा पनि जीतपुुरसिमरा उपमहानगरपालिकाले आफनो नगरलाई कोरोना भाईरसबाट जोगाउँने बिषयमा गम्भिर नहुुनुु दुुखद बिषय भएको बताएका छन ।

नगर उद्योग बाणिज्य संघले यस क्षेत्रमा अक्सिजन अभाव हुुन नदिन त्यसतर्फ पनि ध्यान केन्द्रित गरेको बताएका छन ।

Leave a review

This will close in 0 seconds