कालोबजारी मुद्दामा पक्राउ परेका वीरगञ्जको नेसनल मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब इन्चार्ज सञ्जय साह रिहा भएका छन ।
दुबैजना हाजिरी जमानीमा बुधबार रिहा भएका हुन ।कालोबजारी मुद्दामा दुबैजनालाई बुधबार नै अदालतले पाँच दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।
सोही दिन प्रहरीले दुबैलाई हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी कार्यालय,पर्साका प्रवक्ता एवम् डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।दुवै जना अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यका कारणले प्रहरीले हाजिरी जमानीमा छाडेको उनले बताए ।
गत सोमबार नेसनल मेडिकल कलेजमा अनुगमनको क्रममा कलेजको ल्याबमा म्याद गुज्रिएको केमिकल भेटिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।
उनीहरूलाई अदालतले यसअघि दुई दिन थुनामा राख्न आदेश दिएको थियो । पक्राउ परेका एमडी अन्सारी र ल्याब इन्चार्ज साह बिरामी भएको भन्दै वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए ।
कलेजका एमडि र ल्याब ईन्चार्ज पक्राउ परेपछि उनीहरुको रिहाईको माँग गर्दै कलेजका डाक्टर र कर्मचारीहरुले मँगलबार जिल्ला प्रहरी कार्यालय अगाडि बिरोध प्रदर्शन समेत गरेका थिए ।


