Sajhedari Daily
Latest News from Nepal

निशुल्क पशु स्वास्थ्य शिविर संचालन

कलैया उपमहानगरपालिकाको सहयोग र पशु सेवा शाखाको आयोजनामा विहिबार देखि निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । नगर प्रमुख राजेश राय यादवले उपमहागनरपालिकाको २७ नम्बर वडा बिजुलपुरमा बिहिबार औषधि वितरण गरि शिविरको उद्धघाटन गरेका छन् ।

वर्षा सुरु हुनुभन्दा पहिला पशुहरुमा लाग्ने रोग नियन्त्रण र लागेका रोगहरुको उपचारका लागि बाराको कलैया उपमहानगरपालिकामा सुरु भएको निशुल्क पशु स्वास्थय शिविर उपमहानगर भित्रका १५ वटा वडामा संचालन हुने पशु स्वास्थ्य शाखाका पशु विकास अधिकृत महबुब आलमले बताएका छन् । बिजुलपुर बाट सुरु भएको शिविर उपमहानगरपालिकाका विभिन्न १५ वटा वडाका वडाअध्यक्ष संग समन्वय गरेर संचालन गरिने आलमले बताए ।

कलैया उपमहानगरपालिकाको पशु सेवा शाखाको सक्रियतामा बिजुलपुरमा संचालन भएको उक्त शिविरमा बिहिबार मात्र १८ सय खसिबाख्रा, ३ सय सानाठुला गाई र ३ सय ५० वटा सानाठुला गरि भैसीको उपचार र भ्याक्सिन लगाउने काम भएको आयोजकले बताएका छन् ठुला पशुहरुमा चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सिन र बाख्राहरुमा पिपिआर रोग विरुद्ध भ्याक्सीन लगाईएको छ ।

शिविरमा रोगी पशुहरुको उपचार गरिनुका साथै खुर फाटेका पशुहरुमा लाग्ने चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सीनेशन २७ नम्बर वडाका सम्पुर्ण गाई, गोरु, भैसिं, पाडा, पाडि, बाच्छा र बाच्छिहरुमा गरिएको छ ।

पशुहरुमा लाग्ने घातक रोगहरुको उपचार र रोग लाग्न नदिन भ्याक्सीनेशन गर्ने उद्धेश्यका साथ शिविर संचालन गरिएको शिविरमा सहभागि सिम्रौनगढ नगरपालिकाका पशु सेवा शाखाका अधिकृत अन्सारुल हकले बताए । शिविर सँचालन भएपछि पशुहरुमा लाग्ने घातक रोगहरुमा कमि आउने र पशु उत्पादन समेत बढ्ने अन्सारुलले बताएका छन् ।

त्यस्तै शिविरमा ठुला तथा साना पशुहरुमा लाग्ने विभिन्न किसीमका रोगहरुको उपचार गरिनुका साथै आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको छ । विहिबार बाट सुरु भएको उक्त शिविरको उद्धघाट्न नगर प्रमुख राजेश राय यादवले गरेका थिए भने कार्यालयका प्रमुख प्रशाशकिय अधिकृत प्रलहाद बर्नवालले अनुगमन गरेका थिए ।

त्यस्तै शिविरमा पशु स्वास्थ्य शाखा कलैयाका अधिकृत जलन्धर यादव, वडाध्यक्ष रेयाजुल अंसारी र सहयोगिहरुमा अशोक यादव, विशेन्द्र यादव र गुप्तबहादुर श्रेष्ठ लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।